
रौतहट / नेपाली काँग्रेस तरुण विभागको केन्द्रिय सदस्यमा रौतहटका सपूत बहादुर कार्की चयन हुनु भएको छ । शकर भण्डारी प्रमुख तथा श्याम प्रसाद श्रेष्ठ सचिव रहेको बिभागमा चन्द्रपुर ४ घर भएका कार्की नेपाली काँग्रेस तरुण विभागको केन्द्रिय सदस्यमा चयन भएका हुन ।
उनी लामो समय देखि नेपाली काग्रेस पार्टीमा आवद्ध रहदै आएका छन । सामाजीक क्षेत्रमा पनि उनी सकृय छन । यस्तै मुस्लिम विभागमा फिरोज आलम सदस्यमा र वि.पि कोइराला युवा नेतृत्व विकास मञ्चको जिल्ला अध्यक्षमा अधिकार लामिछाने मनोनीत भएका छन ।