
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ४३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको २३ हजार ३१० संख्या पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा निको भएर १ सय ४० डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेहरुको संख्या १६ हजार ४ सय ९३ जना पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा थप ४ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै मृतकको संख्या ७९ पुगेको छ ।