बाँकेमा दुई चिकित्सकसहित १५ जनामा कोरोना पुष्टि

|

बाँके / बाँकेमा दुई चिकित्सकसहित थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जबाट संकलन गरिएको स्वावको परीक्षण गर्दा दुईजना चिकित्सकमा भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमित महिला चिकित्सक हुन् ।

नेपालगन्ज उपमहानगरपालिका ६ का २५ बर्षीया र वडा नं. १३ की ३४ बर्षीया चिकित्सकमा भाइरस पुष्टि भएको हो । यस अघि मेडिकल कलेजमा कार्यरत महिला चिकित्सकलाई नै भाइरस पुष्टि भएको थियो । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बाँकेका १५ जनामा भाइरस संक्रमण पुष्टि हुने क्रममा चिकित्सक पनि परेका हुन् ।

यस्तै वडा प्रहरी कार्यालयका थप तीनजना प्रहरीमा पनि भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको लिष्टमा बाँकेको डुडुवा गाउँपालिकाका तीनजना संक्रमित थपिएका छन् । भेरीमा गरीएको परीक्षणमा कैलालीका दुई, दाङ, बर्दिया र सल्यानमा एक–एकजना गरी सोमवार २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । यो आइतवार साँझदेखि मध्यान्ह १२ बजेसम्म तीन सय ४० जनामा गरीएको परीक्षणको नतिजा हो । -Paribeshkhabar

२०७७ श्रावण २६, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।