लोक गायक तथा सञ्चारकर्मी निर्मोहीलाई कोरोना पुष्टि

|

नेपालगन्ज /बरिष्ठ लोक गायक तथा सञ्चारकर्मी कमल विके निर्मोहीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा निर्मोहीलाई भाइरस संक्रमण पुष्टि भएको हो । निर्मोहीले आफु कोरोना संक्रमित भएको फेसबुक मार्फत जानकारी गराउनुभएको छ । उहाँले भन्नुभयो–‘मलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ, अव खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा जाँदैछु ।

मेरो स्वास्थ्य अवस्था सामान्य छ ।’ उहाँले सबैलाई सचेत रहन र कोरोना विरुद्ध चेतना जगाउन आव्हान समेत गर्नुभएको छ ।

२०७७ श्रावण २६, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।