यथार्थमा आधारीत लघु चलचित्र कस्तो प्रेम सार्वजनिक

|

लुम्बिनी मुभीमेकर प्रालीका लागि कृष्टि कोशल मल्ल द्वारा निर्मित नेपाली कथानक लघु चलचित्र कस्तो प्रेम सार्बजनीक भएको छ । 

सुरेन्द्र बरालको निर्देशनमा तयार भएको लघु चलचित्रमा केदार मल्लको छायाँकन रहेको छ भने शिवालय मिडियाले सम्पादन गरेको छ । केदार मल्लको कथामा सुरेन्द्र बरालले पटकथा तथा सम्बाद तयार पारेका छन् । 

 

 

सुरेन्द्र बराल, दिपक घिमिरे, आश्मा तिवारी, हरिशरण गिरी, स्विटी तामाङ दोङ, लाल प्रसाद सापकोटा, अनिश सिम्खडा, नारायण पराजुली, अनिता जि.एम., दिपक भण्डारी, सरिता राइ तथा बालकलाकार अनिश तिवारी र अबिरल कालिकोटेको अभिनय रहेको छ । 

लघु चलचित्र यथार्थ घटनालाइ आधार बनाएर बनाइएता पनि यो एक काल्पनिक कथा रहेको र कोही कसै प्रति आक्षेप लगाउने वा घोचपेच गर्ने उद्देश्य नभएको निर्देशक सुरेन्द्र बरालले दि डब्लुएनएन संवाददातालाइ बताएका छन । 

युट्युब च्यानल शिवालय टिभी र छहारी अनलाइन टिभी मार्फत सार्बजनिक गएको लघु चलचित्र ४१ मिनट लामो बनेको छ । लघु चलचित्रले साथी साथी बिचको लामो मित्रतामा कुनै युवतीको घुस पैठ हुँदा ति युवतीले एक युवासंग देखावटी र स्वार्थी माया गरेर अन्तमा अर्कै केटासंग बिबाह गर्दा मित्रतामा आएको दरार र अन्य बिबिध उतार चढाबलाइ उठाएको छ । नबयुगका युवायुवती र तिनको स्वार्थी प्रेम र त्यसले निम्त्याउने परिणामको बिश्लेषणात्मक सन्देश यो लघु चलचित्रले दिन खोजेको छ । 

 

सर्ट मुभीको छायाँकन काठमाण्डो उपत्यकाकै सेरोफेरोमा भएको र उत्कृष्ट भैगोलिक दृश्यहरू समाबेश भएको निर्माण पक्षले जनाएको छ । उत्कृष्ट र मर्म स्पर्सी कथामा लघु चलचित्र निर्माण गरि दर्शकमाझ पस्किएकामा निर्माण पक्षलाइ बधाइ तथा सफलताको शुभकामना दिन चाहन्छै। ।

२०७७ श्रावण २६, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।