कोरोना भाइरसबाट थप एकजनाको मृत्यु भएको पुष्टि

|

नेपालगञ्ज । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । आईतबार दिउँसो ३ बजे उपचारकै क्रममा कोहलपुर २ कि ७० वर्षिय महिलाको मृत्यु भएको अस्पतालका उपनिर्देशन डा. दिनेश श्रेष्ठले जानकारी दिए ।

निमोनिया र प्रेसरको समस्या देखिएपछि ति महिलालाई श्रावण २३ गते अस्पताल भर्ना गरीएको थियो । अउपचारकै क्रममा स्वाव परिक्षण गराउँदा कोरोना संक्रमण देखिएकी महिलाको उपचारकै क्रममा आज दिउँसो मृत्यु भएको डा. श्रेष्ठले बताए । श्रेष्ठका अनुसार मृतक महिलाको सम्पर्कमा आएका डाक्टर, नर्स र सफाई कर्मचारी गरी ८० जनालाई क्वारेन्टाईनमा राखिएको छ ।

कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको शव ब्यवस्थापनकालागि नेपाली सेनासँग समन्वय भईरहेकाले आजै शव ब्यवस्थापन गरीने डा. श्रेष्ठले जानकारी दिए ।यसअघि बाँकेकै बैजनाथकी एक महिला र नरैनापुरका एक पुरुषले कोरानाबाट ज्यान गुमाएका थिए । यो सँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको सँख्या ३ पुगेको छ । – Kanchulikhabar

२०७७ श्रावण २५, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।