
काठमाडौं । आइतबार नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण निको भइ १६ हजार ३५३ जना डिस्चार्ज भएका छन् । यस्तै, २४ घन्टामा ४० जना डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १६ हजार ३ सय ५३ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
नेपालमा शनिबारसम्म कोरोना संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ । मुलुकभर हजार ६ हजार ५ सय ४४ जना आइसोलेसनमा र क्वारेन्टाइनमा ११ हजार ३८ जना रहेको प्रवक्ता गौतमले बताए ।