
काठमाडौं / आज ९ अगस्ट, बिश्व आदिवासी दिवस । हरेक बर्ष ९ अगस्टका दिन बिश्वभर रहेका आदिवासीहरुले यो दिवस मनाउने गर्दछन । नेपालमा पनि आज विश्व आदिवासी दिवस मनाइँदैछ । यस वर्ष विगतमा जस्तो झाँकी, र्याली, सभा र सेमिनार हुने छैनन् । साताव्यापी कार्यक्रमहरु तय भएका छैनन ।
कोरोनाको विश्वव्यापी महामारीका कारण औपचारिक कार्यक्रमहरु नगरिए पनि भर्चुअल संवादहरुमार्फत दिवस मनाइँदैछ । नेपाल आदिवासी जनजाति महासंघले आज दिउँसो भर्चुअल शुभकामना आदान प्रदान कार्यक्रम राखेको छ ।
महासंघले यस वर्ष ‘पहिचान सहितको संघीयता र स्वयत्तताका लागि संविधान संशोधनको आन्दोलन हाम्रो साझा बहस । स्वनिर्णित विकास र महामारीमा बाँच्ने तथा बचाउने पक्षमा २६ औं विश्व आदिवासी दिवस’ भन्ने मूल नारा तय गरेको छ ।
अन्य संघसंस्थाहरुले पनि दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउने भएका छन् । अधिकांश कार्यक्रमहरु भर्चुअल संवादबाट हुने भएका छन् ।