माईती नेपालद्धारा खाना अभियानमार्फत ३९ दिनमा १० हजार बढिलाई खाना बितरण

|

बाँके । माइती नेपालले सञ्चालन गरेको खाना बितरण अभियान कोहलपुरमा जारी छ । अभियानकै क्रममा कोहलपुर नगरपालिका वडा.नं–१४ को तीन गाउँ केन्द्रीत संचालन गरिएको छ । वडाको ठारा गाँउ, प्रेमपुर र तमोलिपुर लक्षित गरि शनिबारदेखि सञ्चालन भएको खाना बितरण अभियानलाई स्थानीय बिद्यालयका अध्यक्ष लगायत उद्घाटन गर्नुभएको छ ।

आर्थिक अवस्था कमजोर, बन्दाबन्दीका समयमा आर्थिक जोहो गर्न असमर्थ भएकाहरुलाई लक्षित गरिएको अभियानलाई श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय ढोलपुर्वाका अध्यक्ष अध्यक्ष गुरु शरण खटिक, सोही बिद्यालयका प्रधानाध्यापक सीसराम यादव र स्वयंम सेविका कुष्मा खटिकले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
सो क्रममा उहाँहरुले आफुहरुको गाउँमा आएर यसरी एक छाक भएपनि तयार खाना बितरण कार्यक्रमले स्थानीयलाई राहत पुग्ने बताउनुभयो । उहाँले मानिसलाई हुँदासम्म एक सिता चामलको महत्व नभएपनि समस्या परेपछि त्यसको महत्व आफै बुझ्ने हुनले यो अभियानले राहत दिनेमा आशावादी रहेको धारणा व्यक्त गर्नुभयो ।

स्वयंम सेविका कुष्माले काम गरेर जिवीकोपार्जन गर्नेहरुलाई अहिलेको समयमा एक छाक खानाले बाच्न सहयोग पुग्ने बताउनुभयो । गाउँघरमा खाना भन्नेबित्तिकै खाना कसले लिन्छ भन्ने हुन्छ, कुष्माले भन्नुभयो, तर अहिले यही खाना आवश्यक परेको छ । खाना अभियानलाई स्थानीय रुपमा कोहलपुरकै समाज सेवा नेपालका अध्यक्ष बिनोद थापा लगायतले सहयोग गर्नुभएको छ । जिल्लाको बिभिन्न स्थान पुग्दै ३९ दिनदेखि सञ्चालित अभियान अन्तर्गत शनिबारसम्म १० हजार ५ सय ८० जनालाई खाना बितरण गरिएको माइती नेपाल नेपालगञ्ज संयोजक केशव कोईरालाले जानकारी दिनुभयो । अभियानमा सुत्केरी, गर्भवती तथा महिला र बालबालिकाका उल्लेख्य सहभगिता रहेको छ ।

२०७७ श्रावण २५, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।