राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रुपमा आईतबार आयोजना हुदै

|

काठमाडौं / नेपाल युवा परिषदले विगतका बर्षहरुमा झैँ यो बर्षमा पनि नेपाल भरिका ७७ वटै जिल्लाबाट ३५० भन्दा बढी युवा युवतीहरुलाई सहभागी गराई अन्र्तराष्ट्रिय युवा दिवस २०२० को अवसरमा राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रुपमा आयोजना गर्न लागेको छ । निर्बाचनमा युवाको भूमिका, शुसासन, जलवायू परिबर्तन, लैगिकं समानता, युवा नेतृत्व, कृषिमा युवा उद्यमशीलता, दिगो बिकास लक्ष्य र दिगो पर्यटनलाई मुख्य बिषय बनाई आयोजना गर्न लागेको हो र यस सम्मेलन राजधानीमा आगामी अगष्ट ९, १०, ११ र १२, २०२० अर्थात श्रावण २५, २६, २७ र २८, २०७७ सम्म भर्चुअल रुपमा चल्दैछ । कोभिड १९ को सक्रमंणलाई मध्यनजर गर्दै यस बर्षको राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रुपमा आयोजना गर्न लागिएको हो ।

७७ जिल्लाका ३५० भन्दा बढीको सहभागिता रहनेछ साथै बिभिन्न समुदायका युवाहरुलाई प्रतिनिधित्व गराई यस सम्मेलन एक समावेशीताको उत्कृष्ट उदाहरण हुने भन्ने कुरामा आयोजक बिश्वस्त रहेको नेपाल युवा परिषदका संस्थापक अध्यक्ष सरोज बाँनियाले बताउनुभयो ।

यस सम्मेलनमा ५० प्रतिशत महिलाहरु नै सहभागी हुनेछन् । सो सम्मेलनमा निर्बाचनमा युवाको भूमिका, शुसासन, जलवायू परिबर्तन, लैगिकं समानता, युवा नेतृत्व, कृषिमा युवा उद्यमशीलता, दिगो बिकास लक्ष्य र दिगो पर्यटनलाई मुख्य बिषय बनाई बिभिन्न प्रस्तोताहरुबाट कार्यपत्र प्रस्तुत गरिनेछ ।

सम्मेलनको पुर्व सन्धयामा सहभागी युवाहरुलाई सम्मेलनको विषयवस्तुको बारेमा जानकारी गराईएको नेपाल युवा परिषदका उपाध्यक्ष सुर्दशन बिडारीले जानकारी गराउनुभयो । मिडिया पार्टनरको रुपमा जि नेपाल एचडि र www.theworldnepalnews.com रहेका छन् ।

२०७७ श्रावण २५, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।