प्रदेश सांसद कृष्णा केसी नमुनालाई कोरोना संक्रमण पुष्टि

|

नेपालगन्ज । ५ नम्बर प्रदेशकी सांसद् कृष्णा केसी नमुनालाई कोरोना संक्रमण पुष्टि भएको छ । आफ्नो फेसबुक वालमा स्टाटस लेखेर सांसद् नमुनाले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट आफू पनि अछुतो नरहेको उल्लेख गर्नुभएको छ ।

उहाँले एक साता यता आफ्नो क्लोज कन्ट्याक्टमा आएकाहरुलाई पिसिआर परिक्षण गराउन समेत भन्नुभएको छ । उहाँ कोभिड-१९ नियन्त्रण र रोकथामका लागि फिल्डमा निरन्तर खटिँदै आउनुभएको छ । बाँकेमा शनिबार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल बाँकेले दिएको जानकारी अनुसार नेपालगन्जमा १६ र कोहलपुरमा ४ जनामा कोरोना संक्रमण देखिएको हो ।

२०७७ श्रावण २५, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।