काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३७८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ७८८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमणको पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको सख्ंया २२ हजार ५९२ पुगेको छ । उनीहरुमध्ये ७३ जनाको मृत्यु भएको छ भने १६ हजार ३१३ जना निको भइसकेका छन् । बाँकेमा शनिबार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल बाँकेले दिएको जानकारी अनुसार नेपालगन्जमा १६ र कोहलपुरमा ४ जनामा कोरोना संक्रमण देखिएको हो ।