पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारका महाबाणिज्यदूत प्रेमराजा महत तथा उहाकी धर्म पत्नी कोरोनाबाट संक्रमित

|
मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारका महाबाणिज्यदूत प्रेमराजा महत तथा उहाँकी जीवन संगीनी (धर्मपत्नी )कविता केसी महत दुवै कोरोनाबाट संक्रमित भएको छ ।
अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमै रहदा दम्पत्ती कोभिड-१९ बाट संक्रमित हुनु भएको हो । वरिष्ठ लोकगायक महतले अगस्त ७, शुक्रबार दिउसो करिव ३ बजे तिर सामाजिक संजाल मार्फत आफू र धर्मपत्नी दुवै संक्रमित भएको सार्वजनिक गर्नु भएको छ ।
अमेरिकामा कोरोनाको प्रारम्भ देखिनै सबैलाई हौसला प्रदान गर्ने र हरेक प्रकारको सहयोग र साथ दिदै आउनु भएका समाजसेवी महत आफै संक्रमित हुनु भएको छ ।
कोरोनाको महामारीमा पूर्ण सतर्कता, सावधान, सामाजिक दूरी र सुरक्षाका सवै उपायहरु अपनाउदा अपनाउदै पनि दम्पत्ति केही समयको लागि एकान्तवास बस्नु पर्ने भएको छ । सबैका साझा र मिलनसार व्यक्तित्वका धनि महतले सामाजिक संजालमा नेपाली समुदायलाई यदि हामीले समयमै सतर्कता अपनाउन समेत अपिल गर्नु भएको छ ।
समाजसेवी महतले यदि हाम्रो परिवार बाहेक अरु कसैमा कोरोना संक्रमित भएको छ भने कृपया कत्ति पनि लाज नमानी यो रोगलाई गोप्य नराखी समुदायलाई सु-सुचित हुने मौका दिनु हुनेछ भन्नु हुदै सबैमा अनुरोध समेत गरेका छन् र सामाजिक संजाल मार्फ़त उहाँहरुलाई शुभचिंन्तक तथा साथीभाई सबैले चाडै निको हुनुहोस् भनि शुभेच्छा ब्यक्त गरेका छन् ।

२०७७ श्रावण २४, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।