बाँके । जिल्लाका थप ४९ जनामा कोरोना संक्रमण फेला परेको छ । फेला परेका जम्मा ५१ जनामा बाँकेका ४९ जना रहेका छन् । भेरी अस्पतालमा भएको परीक्षणमा पछिल्ल्लो २४ घण्टामा भएको ३१२ नमूना परीक्षणमा बाँके, बर्दिया र रुकुका ५१ जना व्यक्तिहरुमा संक्रमण पुष्टि भएको हो ।
बाँकेसंगै बर्दियाका एक र रुकुमका एक जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरि शुक्रबार बसेको बांकेको क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले बांकेमा आगामी मंगलबार सम्म निषेधाज्ञा बढाउने निर्णय गरेको बांकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगले जानकारी दिनुभएको छ ।