रेशम चौधरी अस्पताल भर्ना 

|
काठमाडौँ  /टीकापुर घटनामा सजाय भोगिरहेका रेशम चौधरी अस्पताल भर्ना भएका छन्। दुई दिन अगाडि मुटु र खुट्टामा समस्या देखिएपछि उनी वीर अस्पतालमा भर्ना भएका हुन्। डिल्लीबजारस्थित कारागारका जेलर गणेश आचार्यकाअनुसार केही दिनदेखि मुटु दुख्ने र खुट्टा सुनिने समस्या देखिएकाले रेशम चौधरीलाई अस्पताल भर्ना गरिएको हो।
तत्कालीन् राष्ट्रिय जनता पार्टीका तर्फबाट कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सांसद रेशम चौधरीले २०७५ पुस १९ मा शपथ लिएका थिए। पूर्व सभामुख कृष्णबहादुर महराले चौधरीलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए।
उनलाई २०७२ भदौ ७ गते भएको टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त भन्दै जिल्ला अदालत कैलालीले दोषी ठहर गरेको थियो। उनी २ वर्षदेखि डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका छन्। अदालतले चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएको थियो।

२०७७ श्रावण २३, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।