
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षासम्बन्धी कार्यक्रम तत्काल सार्वजनिक नगर्न विद्यालयलाई निर्देशन दिएको छ। कोरोनाका कारण सरकारले हालसम्म विद्यालय पुनःसञ्चालनको निर्णय नगरिसकेको अवस्थामा विद्यालयले परीक्षासम्बन्धी कार्यक्रम सार्वजनिक गर्दा विद्यार्थी तथा अभिभावकमा त्रास सिर्जना भएको भन्दै बोर्डले शुक्रबार एक सूचना जारी गरी सार्वजनिक नगर्न विद्यालयलाई निर्देशन दिएको हो।

कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि,२०७७ भएअनुसार कक्षा ११ को आंशिक तथा ग्रेड वृद्धि परीक्षा दिने परीक्षार्थीका हकमा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन गर्नपूर्व र नियमित परीक्षार्थीको हकमा कक्षा १२ को परीक्षा आवेदन फाराम भर्नुअगाडि विद्यालयको अनुकूलता सामाजिक दूरी र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी विद्यालयले नै सञ्चालन गर्नुपर्ने व्यवस्था छ।
२०७७ श्रावण २३, शुक्रबार प्रकाशित