अचच्मको नाता छ
नेपालगन्ज र गर्मीको
माया पनि कती बिघ्न
गर्न सकेको यो मुलुकलाई
त्यसैले त सलाम छ तिमिलाई नेपालगन्जको ।
रातभरी लाम्खुट्टे र गर्मीको
छटपटाहटले बिहान उठन
अलि ढिला हुँदा माया गरि
घरभित्रै छिरेर उठाउँछौ
सलाम छ तिमिलाई नेपालगन्जको ।।
सुर्य तिमी उदाउँदा सायद
छ बजेको हुनु पर्दछ तर
तिम्रो ताप र रापले लाग्द्छ
तिमी यो मायाको मुलुकमा
धेरै अघि नै उदाएकाछौ
सलाम छ तिमिलाई नेपालगन्जको ।
तिमी छितिज पारिबाट उदाँउछौ
जुन कोशौ कोष टाढा छ तर
तिम्रो तेजिलो प्रकाश कुन्जले
मलाई लाग्दैन तिमी कोशौ कोश
टाढाबाट उदाँउछौ भनेर
तिमी त उ त्यो नजिकैको
बस्तिबाट उदाँउछौ
सलाम छ तिमिलाई नेपालगन्जको ।।
सुर्य तिमी तिम्रो यो प्यारो मुलुकमा
आकाशबाट आगो बर्साउछौ
तिमिले फालेको त्यो आगोको
शक्तिलाई पचाउने हाम्रो
क्षमता पनि त छैन नि
कारण तिमि जत्तिकै माया
यो मुलुकलाई लोड सेडिङ्ले पनि गर्छ
सलाम छ तिमिलाई नेपालगन्जको ।
प्रत्येक दिनको तिम्रो जवानिको
मदहोश जब शिखरमा पुग्दछ
नाङो आँखाले तिमिलाई हेर्न
कसैको किमार्थ हिम्मत पर्दैन
त्यसैले त सब काम थाती राखी
सडक, गल्लि, पेटि सब
नितान्त सुनसान देखिन्छन
सलाम छ तिमिलाई नेपालगन्जको ।।
दैनिक कार्यको बिट मार्न पनि
तिम्रो कत्रो ढिलाई हो
मानवप्राणी, जिवजन्तु
तिम्रो किरणले त्राही त्राही हुँदा पनि
तिमी कत्ती पनि बिचलित नभई
मात्र एकोहोरो हेरि रहने
तिम्रो यो मुलुक प्रतिको यो कस्तो माया ?
तिम्रो यो मुलुक प्रतिको यो कस्तो नाता ?
सलाम छ तिमिलाई नेपालगन्जको ।
तिमिलाई सधै सलाम गरि रहने
मुलुकका प्राणी जगत
ठाउँका ठाउँ ढ्ल्दा पनि
तिमी चाहिँ मात्र टुलुटुलु
हेरि रहने तिम्रो यो मुलुक
प्रतिको यो कस्तो माया ?
नढाटी भन
नेपालगन्ज र गर्मीको यो कस्तो नाता ?
नेपालगन्ज