बर्दियामा आइतबारदेखि ५ दिन निषेधाज्ञा

|

बर्दिया। कोरोना संक्रमण समुदायस्तरमै केही व्यक्तीमा देखिएको र समुदायस्तमै थप संक्रमण फैलिदैँ जान सक्ने  खतराभन्दै सर्तकता अपनाउँदै नियन्त्रण गर्नका लागि बर्दियामा आइतबारदेखि ५ दिन निषेधाज्ञा गर्ने निर्णय गरिएको छ । कोरोना संकट व्यवस्थापन समिति बर्दियाका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षतामा विहिबार बसेको बैठकले साउन २५ गते आइतबार विहान ६ बजेदेखि साउन २९ गते विहिबारसम्म ५ दिन निषेधाज्ञा गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

जिल्ला समन्वय समिति संयोजक, ८ वटै पालिका प्रमुख, स्वास्थ्य प्रमुख, सुरक्षा निकायका प्रमुख सहितको उपस्थितीमा भएको छलफलबाट आइतबारदेखि बर्दियामा ५ दिन निषेधाज्ञा गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनुभयो ।  समुदायस्तरका केही व्यक्तीमा कोरोना संक्रमित भेटिएको र समुदायस्तरमा थप भेटिन सक्ने खतरा बढेको भन्दै सर्तकता अपनाउँदै नियन्त्रणका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको प्रजिअ अधिकारीले बताउनुभयो । अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनै परेमा मास्कको अनिवार्य प्रयोग गर्न पनि सर्वसाधारणलाई उहाँले आग्रह गर्नुभयो ।

यस्तै बर्दियामा ८ वटै पालिकाको सहयोग मार्फत पिसिआर परिक्षण उपकरण जडान गर्ने यसअघिको निर्णयलाई तत्काल कार्वान्वयनमा ल्याउन र छिटोभन्दा छिटो पिसिआर जडान जडान गरि पिसिआरको दायरा बढाउने निर्णय गरिएको प्रजिअ अधिकारीले बताउनुभयो ।

२०७७ श्रावण २२, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।