काठमाडौं । गृह मन्त्रालयले आज राति ९ बजे देखि बिहान ५ बजेसम्म आवागमनमा रोक लगाएको छ । बुधबार साझा मन्त्रालयले एक प्रेस बिज्ञपति जारी गर्दै कोरोना भाइरसको बढ्दो संक्रमणलाई नियन्त्रणका लागि आज बाट लागू हुने गरी राति ९ बजे देखि बिहान ५ बजेसम्म आवागमनमा रोक लगाएको हो ।
गृहमन्त्रालयले आज देखि लागु हुने गरि काठमाडौं उपत्यका र कोभिड १९ को दुई सयभन्दा धेरै सक्रिय सङ्क्रमितहरू भएका जिल्लामा पुनः जोरबिजोर प्रणाली समेत लागु गरेको हो ।दुई सयभन्दा धेरै सक्रिय सङ्क्रमित क्षेत्रहरुमा अत्यावश्यक सेवा बाहेकका सार्वजनिक तथा निजी सवारी साधनहरू जोरबिजोर नम्बरका आधारमा सञ्चालन गर्ने व्यवस्था गरिने मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो।
त्यसैगरी, काठमाडौ बाहिरबाट भित्रीने सवारी साधनहरुलाई बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्मका लागि काठमाडौ प्रवेशमा रोक लगाइएको छ