बाँके / लियो क्लब अफ नेपालगन्ज इनोभेटिभका अध्यक्ष लियो प्रकाश कुंवरको अध्यक्षतामा पूर्व गण्डकी बोर्डिङ्ग स्टुडेन्टस् एशोसिएशनको आयोजना र लियो क्लब अफ नेपालगन्ज इनोभेटिभको सहकार्यमा आज बुधबार बाँके जिल्लाका विभिन्न ठाउँमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
आज बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका १ अन्तरगत रहेको खाशकुष्मा स्वास्थ्य चौकीमा वडा सदस्य रुद्रमणी ढकाल , बैजनाथ गाउँपालिका ३ अन्तरगत रहेको नौबस्ता स्वास्थ्य चौकीमा वडा अध्यक्ष रामशरण थारु र कोहलपुर नगरपालिका ४ अन्तरगत रहेको रझेना स्वास्थ्य चौकीमा वडा सदस्य सुरज जागाको उपस्थितीमा स्वास्थ्य सामाग्री वितरण गरिएको थियो।
वितरण गरिएको सामाग्रीमा प्रती स्वास्थ्य चौकी २०० थान सर्जिकल मास्क, ५० थान के .एन ९५, ५ थान स्यानिटाइजर, १ थान पिपि सेट र ४०० थान ग्लबस् रहेको थियो । कार्यक्रममा जोन संयोजक लायन सरोवर प्रसाइ, लियो सन्जु केसी, लियो रिस्ता क्षेत्री सदस्यहरूको उपस्थिति वितरण गरिएको थियो ।
कोभिड १९ को महामारीको समयमा उच्च जोखिमका साथ दुर्गम क्षेत्रमा कार्यरत स्वास्थ्य क्षेत्रका कर्मचारीहरुलाई लक्षित गर्दै पूर्व गण्डकी बोर्डिङ्ग स्टुडेन्टस् एशोसिएशनले मुलुकभर नै दुर्गम क्षेत्रहरुमा स्वास्थ्य किट वितरण गर्ने कार्यक्रम गरिएको र सोहि अन्तरगत बाँके जिल्लामा लियो क्लब अफ नेपालगन्ज इनोभेटिभसँग सहकार्य गरी कार्यक्रम भइरहेको छ ।