दानराजकाे चिया पान बिशेष भेटघाट तथा छलफल सम्पन्न

|
– दिपक घिमिरे काठमाण्डौ
साउन पन्द्रको बिशेष अवसर पारेर शुभ मुहुर्त गरिएको चलचित्र दानराज निर्माण पक्षले यहि साउन २० गते काठमाण्डोको कलंकी स्थित खाँडादेबी फुडल्याण्डमा कलाकार, प्राबिधिक तथा पत्रकार समेतको भेटघाट तथा चियापान कार्यक्रम अयोजना गर्यो ।
डि.एस. डिजिटल सिनेमाको ब्यानरमा निमार्ण हुने नेपाली कथानक चलचित्र दानराजको साउन पन्द्र गते काठमान्डौँको भद्रकाली मन्दिरमा शुभ साइत गरिएको थियो ।
गीतकार शंकर अधिकारी घायलको प्रस्तुती तथा शत्रुघन अन्सारी र कल्याण रत्न कार्की को निर्माण रहने चलचित्र दानराजमा चेतन घिमिरे र सावर अधिकारी को सह निर्माण रहेको छ ।
दानराज चौलागाईं ,सुनिता दहाल, सोनाली ताम्राकार , करुणा श्रेष्ठ ,रबिन श्री, गंगा कुवँर, रबि खड्का ,सागर गुरु चौलागाईं ,तृष्णा खडका ,रमेस डिसि, शत्रुघन अन्सारी ,कल्याण रत्न कार्की, मुना कुँवर राणा, जगदिश अधिकारी,अर जे मिलेन ग्रुप, जयराम गिरी,तथा सुन्दर लामा समेतको अभिनय चलचित्रमा रहने भएको छ यसै चलचित्र बाट रेस्मा घिमिरे, सबिन केसि र सोनाली ताम्राकार ले डेब्यु गर्दैछन ।
सो चलचित्रमा सफलता चौलागाईं ,स्वस्तिक चौलागाईं बालकलाकरको भुमीकामा रहने चलचित्रका निर्देशक शंकर अधिकारी घायलले बताए दानराज चलचित्रमा कृष्ण पाण्डेको छायाँकन , देव महर्जनको द्वन्द , बिश्वास भण्डारी को सम्पादन , राम केसि र सन्दिप भुजेल को नृत्य रहने छ ।
प्रकाश सन्तोष पराजुली र अर्जुन तिमल्सिनाको रहने छ भने सहनिर्देशन मुस्कान रेग्मी र राजन श्रेष्ठ को रहनेछ परिस्थिती अनुकुल रहेमा यहि भाद्र १५ गते बाट पुर्बान्चल को धरान लगायतका रमणिय ठाउमा चलचित्र को छायांकन गरिने सो अवसरमा जानकारी दिइएको छ ।
चलचित्रमा समावेश गीतमा सुरेश अधिकारी नित्या शिवा , पुरुषोतम न्यौपाने सन्तोष जिविको अवाज रहने भएको छ । कार्यक्रममा चलचित्रका मुख्य पात्र दानराज चोलागाँइले चलचित्रको बिषयमा प्रकाश पार्नु भएको थियो ।
मिडियाको भुमिकामाथी अंकुश लगाउने खालको अभिव्यक्ती सुनियता पनि चालचित्रका निर्देशक शंकर अधिकारी घायलले चलचित्रको बिषयमा समाचार सम्प्रेषण गर्न मिडिया स्वतन्त्र रहेको बताउनु भएको थियो ।

२०७७ श्रावण २१, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।