पर्साको जिल्लाको पोखरीया नगरपालिका वडा नम्बर – ८ घर भइ हाल वडा नम्बर ९ बरवा गाँउस्थित मामाघरमा बस्दै आएकी युवती पर्सामा कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
सोमबार ज्वरो र पखाला लागेपछि ती युवतीलाई एम्बुलेन्समा राखेर उपचारका लागि वीरगञ्जको नेशनल मेडिकल कलेजमा ल्याउने क्रममा बाटैमा मृत्यु भएको थियो ।
१८ वर्षीया युवतीको मृत्यु भएको नारायणी अस्पतालका डाक्टर मदन उपाध्यायले जानकारी दिनुभयो । सोमबार राति मृत्यु भएकी युवतीमा मंगलबार अबेर राति कोरोना संक्रमण पुष्टि भएको हो ।
सोमबार राति स्वाब संकलन गरि पीसीआर परिक्षणका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको र मंगलबार राति प्रयोगशालाले दिएको रिपोर्टमा मृत्यु भएकी युवतीको पिसिआर रिपोर्ट पोजेटिभ आएको मेसु उपाध्यायले बताउनुभयो ।
२०७७ श्रावण २१, बुधबार प्रकाशित