भुमीसुधार र मालपोत कार्यालयमा बम पड्काउने पक्राउ

|

नेपालगन्ज / भुमी सुधार र मालपोत कार्यालय बाँकेमा बम बिस्फोट गराएको अभियोगमा अदालतबाट जेल सजाय सुनाईएको ब्यक्ति पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार २०६८ सालको मंसिर १४ गते डुडुवा गाँउपालिका ६ का केशव राढले भुमीसुधार र मालपोत कार्यालय तथा ०६८ चैत्र ६ गते गनापुरको अधिकारी फ्याक्ट्रीमा बम बिस्फोट गराएका थिए ।सशस्त्र भुमिगत समुह तराई जनतान्त्रीक मुक्ती मोर्चा ९ज्वाला सिंह० मा आवद्ध रहँदा राढ हत्या, अपहरण, फिरौती माग तथा बम बिस्फोट गर्ने जस्ता विभिन्न अपराधमा संलग्न हुँदै आएका थिए ।

भुमीसुधार कार्यालय बाँकेमा बम बिस्फोट गराएको मुद्धामा जिल्ला अदालत बाँकेले राढलाई ६ महिना जेल तथा ५ हजार जरिवानाको फैसला गरेको थियो । त्यसैगरी मालपोत कार्यालयमा बम बिस्फोट गराएको घटनामा समेत जिल्ला अदालत बाँकेले सोही प्रकृतीको सजाय सुनाएको थियो । गनापुरको अधिकारी फ्याक्ट्रीमा बम हानेको मुद्धाको प्रमुख अभियुक्त राढलाई जिल्ला अदालत बाँकेले ६ महिना कैद र ५ हजार जरिवानाको फैसला सुनाएको थियो ।

विभिन्न मुद्धामा अदालतबाट कैद सजाय सुनाईएका राढलाई सोमबार बाँकेको डुडुवा गाँउपालिका ६ स्थित आफ्नै घरबाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक सुवास खड्काले जानकारी दिए ।

२०७७ श्रावण २०, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।