
भान्साको कुनामा
माकुरोको मसिनो डोरिले
एउटा कमिलो
झुण्डि मरेको थियो
मैले भने
माकुराले
अल्झायर मारेछ
उस्को आत्मले
भन्यो
म अल्झियर होईन
भोकले आत्म हत्या गरेको हुं
आज मेरो पालो
भोलि तिम्रो पालो
– बिकाश “बाबू” थापा
डुडुवा गाउँपालिका वठा नं.५ कम्दी , बाँके