
बाँके / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके राष्ट्रिय निकुञ्जका दुई जना कर्मचारीलाई रङ्गे हात पक्राउ गरेकोछ । विशेष सुराकीको आधारमा बुटवल कार्यालयबाट खटिआएका अख्तियारका कर्मचारीले निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायलाई नगद ३ लाख ४८ हजार सहित रङ्गेहात पक्राउ गरेको आयोग बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले बताए ।
उनका अनुसार भट्टराई र रोकायका साथबाट बैङ्कमा जम्मा गरेको पाँच लाखको भौचर पनि बरामद भएको छ । सोमबार दिउँसो पक्राउ परेका भट्टराई र रोकायलाई थप अनुसन्धानकालागि अख्तियारको हिरासतमा राखिएको छ ।