कोरोना संक्रमण संख्या बढ्दै, २४ घण्टामा ४१८ संक्रमित

|

काठमाडौं ।  नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । देशका विभिन्न भागमा कोरोना समुदायस्तरमा फैलिदै गएपछि नेपालमा कोरोना संक्रमण दर फेरि बढ्न थालेको हो । पछिल्लो २४ घन्टामा ४ सय १८ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका ४ सय १८ जनासहित देशभर संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको जानकारी दिए ।संक्रमितमध्ये १४ हजार ९ सय ६१ जना उपचारपछि घर फर्किएका छन् भने ५७ जनाको ज्यान गएको छ ।

२०७७ श्रावण १९, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।