
नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाललाई कोरोना संक्रमण भएपछि उपचारका लागी खजुरास्थित कोरोना बिशेष आइसोलेसन अस्पतालमा राखियको छ ।
वडा अध्यक्ष रिजालले वडा कार्यालयको काममा निरन्तर खटिरहेको अवस्थामा कोरोनाको संक्रमण देखिएको र हाल खजुरास्थित कोरोना बिशेष आइसोलेसन अस्पतालमा स्वास्थ्य लाभ गरिरहेको सामाजिक सन्जालमा पोष्ट गरेका छन् ।
हाल मेरो स्वास्थ्य अवस्था सामान्य छ । यस परिस्थितिमा शुभेच्छा र सद्भावका लागि धन्यवाद भन्दै अस्पताल देखी आफनो फोटो सहितको सन्देश पठाएका छन ।