नेपालगञ्जमा एक वडाअध्यक्ष र उपमहानगरपालिका कर्मचारीमा कोरोना पुष्टि

|

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाका एक वडा अध्यक्ष र एक सरकारी कर्मचारीलाई कोरोना पुष्टि भएको छ । सोमबार बिहान भेरी अस्पतालमा गरिएको परीक्षणमा नेपालगञ्ज १ का ४७ बर्षिय पुरुष र नेपालगञ्जका ५९ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये एक जना नेपालगन्जका वडाअध्यक्ष र अर्का उपमहानगरपालिकामा कार्यरत अधिकृतस्तरका कर्मचारी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

२०७७ श्रावण १९, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।