बाँके जिल्ला अदालतका ५ जना कर्मचारीलाई कोरोना

|

बाँके / बाँके जिल्ला अदालतका कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ। जिल्ला अदालतका पाँचजना कर्मचारीमा कोरोना पुष्टि भएको हो। जिल्लामा समुदायस्तरमा कोरोना फैलिएको भन्दै तीन दिन निषेधाज्ञा सुरु गरेको पहिलो दिन आइतबार नै अदालतका कर्मचारीमा कोरोना पुष्टि भएको हो।

त्यस्तै राँझास्थित आर्मी अस्पतालका चिकित्सकलाई पनि कोरोना पुष्टि भएको छ। अदालतका कर्मचारीसहित १२ जनामा कोरोना देखिएको हो। कोरोना संक्रमित हुनेमा बाँके जिल्लाका स्थायी निवासी ७ जना रहेका छन्।

भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा आर्मी अस्पतालका चिकित्सकसहित तीन जना, जिल्ला अदालतका पाँच जना, खजुराका एकजना, दाङका नेपाली सेना एकजना, टीकापुरका चिकित्सकसहित दुई जनामा कोरोना देखिएको छ।

समुदायमा कोरोना फैलिएको भन्दै बाँकेमा तीन दिन निषेधाज्ञा जारी गरिएकाे छ। त्यसका साथै बाँके प्रशासनले कोरोना देखिएको कोर एरियालाई सिल गर्ने रणनीति बनाएको छ।

२०७७ श्रावण १८, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।