बलिउड अभिनेता अमिताभ बच्चन कोरोना संक्रमण मुक्त

|
भारत  / बलिउड अभिनेता अमिताभ बच्चन कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण देखिएपछि गत जुलाई ११ मा मुम्बईको नानावती अस्पतालमा भर्ना भएका बच्चन आज अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
यसअघि उनको परिवारमा श्रीमती जया बच्चनबाहेक सबैजनालाई कोरोना संक्रमण देखिएको थियो । बच्चन आफ्नो छोरा अभिषेक र बुहारी ऐश्वर्या तथा नातिनि आराध्याको साथमा अस्पतालमा रहेका थिए ।

२०७७ श्रावण १८, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।