कोरोनाका कारण भारतको उत्तर प्रदेशकी प्रविधि शिक्षामन्त्री कमला रानीको निधन

|

भारत / भारतको उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमला रानी वरुणको कोरोना भाइरस कोभिड–१९ संक्रमणको कारण मृत्यु भएको छ । उनी गत जुलाई १८ मा कोरोना भाइरसबाट संक्रमित भएकी थिइन् । संक्रमण भएपछि उपचारको लागि लखनऊको एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उहांको आइतबार बिहान मृत्यु भएको हो ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मन्त्री कमला रानीको निधनमा दुःख व्यक्त गर्दै आइतबार आयोध्या जाने आफ्नो कार्यक्रम पनि रद्द गर्नुभएको छ ।
कमला रानी उत्तर प्रदेशकी प्रविधि शिक्षामन्त्री थिइन् । सन् २०१७ मा कानपुरको घाटमपुरको सिट जित्दै उनी यो सिटमा जित हासिल गर्ने पहिलो विधायक बनेकी थिइन् । उहांलाई गत वर्ष मन्त्री बनाइएको थियो । लखनउ नेपालगञ्जमा करीब १८० किलोमिटर टाढा मात्र पर्दछ । भारतमा पछील्लो केही दिन यता दैनिक सरदर ५० हजार कोरोना संक्रमण फेला परिरहेका छन । स्रोत: बीबीसी.

२०७७ श्रावण १८, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।