
बाँके / कोरोना संकट व्यवस्थापन समिति बाँकेका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले समुदायमा संक्रमण फैलिएपछि नेपालगञ्जको त्रिभुवन चोक तथा सो वरिपरिको सदरलाइन, एकलैनीको केही भाग, सुनारमण्डी तथा गणेशमान चोक क्षेत्रलाई कोर एरिया घोषित गरेर सिल गर्न शुरु गरिएको बताएका छन् ।
सिल गरिएका क्षेत्रमा कसैलाई पनि आवागमन गर्न नदिने तथा ती क्षेत्रमा बसोबास गर्नेहरुका लागि अत्यावश्यक वस्तुको आपूर्तिको व्यवस्था मिलाइने बताईएको छ ।
त्रिभुवन चोकमा मिठाइ पसल सञ्चालकमा संक्रमण पुष्टि भएपछि उनको संपर्कमा आएका १६ जना संक्रमित फेला परेका थिए भने गणेशमान चोकमा रहेको आन्तरिक राजस्व कार्यालयमा एक अधिकृतमा संक्रमण पुष्टि भएपछि सो कार्यालयका १४ जनामा संक्रमण देखिएको थियो । यस्तै जिल्ला अदालत, एकलैनी र यातायात कार्यालयमा पनि संक्रमतिहरु फेला परेका थिए । – गोरखापत्र अनलाईन
२०७७ श्रावण १८, आईतवार प्रकाशित