नेपालमा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि

|

काठमाडौँ / नेपालमा मुलुकभर थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा थप २२४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमले शुक्रबारको पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । उनका अनुसार नेपालमा संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ ।

२४ घन्टामा १५१ जना संक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै १४ हजार ३९९ जना कोरोना निको भएर डिस्चार्ज भएका प्रवक्ता गौतमले बताए । २४ घन्टामा १० हजार ७६८ र हालसम्म ३ लाख ७५ हजार ४१६ परीक्षण गरिएका छन् । प्रवक्ता गौतमले १२ हजार १११ क्वारेन्टाइनमा रहेका छन् ।

२०७७ श्रावण १६, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।