सेती अस्पतालको आइसोलेसनमा एकजनाको मृत्यु

|

 

 

 

कैलाली / धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका एकजनाको मृत्यु भएको छ । कैलालीको गौरीगंगाका ५० वर्षीय पुरुषको आज (बुधबार) बिहान ६ बजे आइसोलेसनमै मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले पुष्टि गर्नु भयो ।
‘उहाँ भारतबाट फर्किनु भएको रहेछ । कोरोनाको आशंकामा हिजो साँझ अस्पताल भर्ना हुनुभएको थियो ।’ उहाँले भन्नुभयो, ‘उहाँमा अन्य समस्या पनि थियो ।’उनलाई हिजो अस्पताल ल्याउँदा मुखबाट फिँज निस्कदै गरेको अवस्थामा भर्ना गरिएको र आज बिहान शौचालयसमेत गएर आएपछि मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताउनु भयो । उनको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनु भयो । उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिँदै छ । श्रेष्ठकाअनुसार हाल ६ जना कोरोना संक्रमितसहित ८ जना सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।

२०७७ जेष्ठ १४, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।