
काठमान्डौँ । डि.एस. डिजिटल सिनेमाको ब्यानरमा निमार्ण हुने नेपाली कथानक चलचित्रको आज काठमान्डौँको भद्रकाली मन्दिरमा शुभ साइत गरिएको छ ।
गीतकार शंकर अधिकारी घायलको प्रस्तुती तथा शत्रुघन अन्सारी ,कल्याण रत्न कार्की को निर्माण ,चेतन घिमिरे र सावर अधिकारी को सह निर्माण रहेको चलचित्रको आज शुभ साइत गरिएको हो ।

दानराज चौलागाईं ,सुनिता दहाल, सोनाली ताम्राकार , करुणा श्रेष्ठ ,रबिन श्री, गंगा कुवँर, रबि खड्का ,सागर गुरु चौलागाईं ,तृष्णा खडका ,रमेस डिसि,शत्रुघन अन्सारी ,कल्याण रत्न कार्की मुना कुवर राणा को अभिनय चलचित्रमा रहने भएको छ यसै चलचित्र बाट रेस्मा घिमिरे,सबिन केसि र सोनाली ताम्राकार ले डेब्यु गर्दैछन ।
सो चलचित्रमा सफलता चौलागाईं ,स्वस्तिक चौलागाईं बालकलाकर भुमीकामा रहने चलचित्रका निर्देशक शंकर अधिकारी घायलले बताए दानराज चलचित्रमा कृष्ण पाण्डेको छायाँकन , देव महर्जन द्धन्द , बिश्वास भण्डारी को सम्पादन ,नृत्य राम केसि र सन्दिप भुजेल को रहने छ ।

प्रकाश सन्तोष पराजुली सहनिर्देशन मुस्कान रेग्मी र राजन श्रेष्ठ को रहनेछ यहि भाद्र १५ गते बाट पुर्बान्चल को धरान तथा रमणिय ठाउमा चलचित्र को छायांकन गरिने सो अवसरमा जानकारी दिइएको छ ।
चलचित्रमा समावेश गीतमा सुरेश अधिकारी नित्या शिवा , परुषोतम न्यौपाने सन्तोष जिविको रहने भएको छ ।
२०७७ श्रावण १६, शुक्रबार प्रकाशित