नेपालमा थप २७४ जनामा कोरोना संक्रमण

|

काठमाडौँ  / नेपालमा पछिल्लो २४ घन्टामा बिहीबार थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ । २४ घन्टामा २२७ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए । योसँगै निको हुनेको संख्या १४ हजार २४८ पुगेको छ ।

२४ घन्टामा ६ हजार ३०४ परीक्षण गरिएको छ । प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा १३ हजार २०१ रहेका छन् । सबैभन्दा धेरै पर्सामा ४९ जना, काठमाडौंका ४१, बाँकेमा २० जना, नवलपरासी पूर्वमा १६ जना, धनुषामा १४, बारा र स्याङ्जामा १२/१२ जना, झापा र दैलेखमा १०/१० जना, सुर्खेतमा ९ जना, बर्दियामा ८ जना, महोत्तरी, बागलुङमा ६/६ जना, कैलालीमा ५ जना, धादिङ र सर्लाहीमा ४/४ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै कास्की, लमजुङ र तनहुँ, दाङ र सल्यानमा ३/३ जना, भक्तपुर, ललितपुर, सुनसरी, मोरङ, उदयपुर, रौतहट, सप्तरी, प्युठान, नुवाकोट, कञ्चनपुर र डडेल्धुरामा २/२ जना, खोटाङ, दोलखा, चितवन र नवलपरासी, गोरखा, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही प्युठान, मुगु, जाजरकोट र दार्चुलामा १/१ जनामा संक्रमण देखिएको छ । कोरोना संक्रमणका कारण हालसम्म ५२ जनाको मृत्यु भएको छ ।

२०७७ श्रावण १५, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।