समुदायस्तरमा चेतना फैलाउन प्रहरीद्वारा मास्क वितरण

|
रुपन्देही / लुम्बिनी रोडमा आवत जावत गर्नेलाई इलाका प्रहरी कार्यालय बेथरी, सिद्धिबिनायक पोलिक्लिनिक र जगदम्बा सिन्थेटिकको संयुक्त आयोजनामा निशुल्क मास्क बितरण गरि जनचेतना फैलाउने कार्यको थालनी भएको छ।
रुपन्देही जिल्लाको भैरहवा लुम्बिनी सडक खण्ड को एयरपोर्ट नजिकै रहेको घाघरा पुलको रोडमा आवतजावत गर्ने सर्वसाधारण लाई मास्क वितरण गरिएको छ। आवतजावत गर्ने सवारी साधनहरु, बाइक, साइकल तथा पैदल यात्रुलाई मास्कको महत्व बुझाउन तथा अनिवार्य प्रयोग गर्नुपर्छ भन्ने चेतना फैलाउन स्थानीय युवाहरुले पनि स्यवमसेवाक का रूपमा सहयोग गरेका थिए।
इलाका प्रहरी कार्यालय बेथरीका इन्चार्ज पद्म खड्का रोडमा उभिएर आफैले मास्क वितरण गर्दै भन्नु भयो “लकडाउन अन्त्य भएसँगै आवतजावत निकै बढेको छ र धेरै जसो ले मास्क नै नलगाई हिँड्ने गरेकोले कोरोना सर्ने जोखिम पनि बढ्छ त्यसकारण हामीले यो अभियान थालेका हौं” बिहान ८ बजे सुरु गरिएको सो अभियान १० बजे सम्म चलेको र ५०० पिस मास्क सर्वसाधारणलाई वितरण गरिएको हो । यस लाई अझ प्रभावकारी बनाउन फेरि पनि यसलाई निरन्तरता दिईने सिद्धिविनायक पोलिक्लिनिक का संचालक डाक्टर मान बहादुर प्रजापतिले जानकारी दिनु भयो ।

२०७७ श्रावण १५, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।