बर्दियामा २५० बढि घर डुबानमा परे

|

बर्दिया । लगातार परिरहेको पानीका कारण बर्दिया जिल्लाका २५० बढि घर डुबानमा परेका छन् । जिल्लाको राजापुर, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिका अन्तगर्तका नदी तथा खोलाहरुमा पानी बढेपछि बिभिन्न बस्ती डुबानमा परेका हुन् ।

बाढीबाट कुनै मानवीय क्षति नभएपनि जोखिमयुक्त अवस्थामा रहेका व्यक्ति तथा समुदायलाई सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनुभयो । कर्णाली नदीमा पानीको बहाब बढेसँगै आएको बाढीबाट बर्दियाको राजापुर नगरपालिका वडा नं.–१ सबैभन्दा बढी प्रभावित बनेको छ । वडाका झन्डै ९० घर डुबानमा परेका छन् ।

यस्तै ठाकुरबाबा नगरपालिकाका बिभिन्न ठाउँहरु समेत लजमग्न भएका छन् । घरहरु डुबानमा परेपछि नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाईटीले पशु चौपाया तथा मानिसहरुको उद्धार गरेको छ ।

२०७७ श्रावण १४, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।