नेपालमा थप २१० जनामा कोरोना संक्रमण पुष्टि

|
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा दुई सय १० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । बुधबार थपिएकासँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १९ हजार दुई सय ७३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ६ हजार ३७ वटा पीसीआर परीक्षण गरिएकाेमा दुई सय १० जनामा काेराेना पोजेटिभ देखिएको हो । अहिलेसम्म पीसीआर विधिबाट तीन लाख ५८ हजार तीन सय ४४ जनाको काेरोना परीक्षण भएको छ । यस्तै पछिल्लाे २४ घण्टामा एक सय ४६ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै कोरोनाबाट निको हुनेको कुल सङ्ख्या १४ हजार २१ जना पुगेको छ ।
अहिले नेपालमा पाँच हजार दुई सय तीन जनाकाे विभिन्न अस्पतालकाे आइसोलेशनमा उपचार भइरहेकाे मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले जानकारी दिएका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ ।

२०७७ श्रावण १४, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।