सूचना माग्न पुगेका ‘इनफ इज इनफ’ का ५ अभियन्ता पक्राउ

|

काठमाडौं । गृह मन्त्रालयमा सूचना माग्न पुगेका ‘इनफ इज इनफ’ अभियानका अभियन्ता पक्राउ परेका छन् । उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।पक्राउ पर्नेमा पुकार बम, समुन्द्र केसी, प्रमेश श्रेष्ठ, सुदन श्रेष्ठ लगायत रहेका छन् ।

कोरोना नियन्त्रणमा सरकारले गरेको खर्चको विवरण माग्न पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको अभियन्ता आलोक सुवेदीले जानकारी दिए । बम लगायतले मंगलबार अर्थमन्त्री र अर्थसचिव विरुद्ध अख्तियारमा उजुरी दिएका थिए ।

२०७७ श्रावण १४, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।