बाँके युनेस्को क्लबद्धारा विपन्न परिवारलाई बाख्रा र चल्ला वितरण

|

बाँके । कतार च्यारेटीको आर्थिक सहयोगमा बाँके युनस्को क्लबले जिल्लाका विभिन्न स्थानका अति विपन्न परिवारलाई आर्थिक समृद्धि र जिविकोपार्जनका लागि बाख्रा र कुखुराका चल्ला वितरण गरेको छ ।
क्लबले मंगलवार यहाँ आयोजना गरेको एक औपचारिक कार्यक्रममार्फत जिल्लाका नेपालगन्ज उपमहानगर, खजुरा, राप्तीसोनारी र जानकी गाउँपालिकाका १५ अति विपन्न परिवारलाई जिविकोपार्जनका लागि ९ लाख ३९ हजार ७५ रुपियाँ बराबरको बाख्रा र कुखुराका चल्ला वितरण गरेको हो ।

क्लबका अध्यक्ष राजेन्द्र चौधरीको सभापतित्वमा सम्पन्न भएको सो वितरण कार्यक्रममा गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह र क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले ती विपन्न परिवारलाई बाख्रा र चल्ला वितरण गर्नुभयो ।
सो अवसरमा जिविकोपार्जनका लागि बाख्रा पालन परियोजना अन्तर्गत १० विपन्न परिवारलाई प्रति परिवार ५ वटा पाठी बाख्रा र एउटा बोको गरेर ६ लाख ८५ हजारको वितरण गरिएको क्लबका संरक्षक सिद्दिकीले बताउनु भयो ।

उहाँले यसैगरि जिविकोपार्जनका लागि साना किसान सहायता परियोजना अन्तर्गत कुखुरापालन कार्यक्रमबाट ५ वटा विपन्न परिवारलाई प्रति परिवार सय वटा कुखुराका चल्ला, २ क्विन्टल दाना, ३ वटा पानी खवाउने फिडर र ३ वटा वाटर ड्रम गरेर २ लाख ५४ हजार ७५ रुपियाँको वितरण गरिएको बताउनु भयो ।
राप्तीसोनारी गाउँपालिका ७ का पाँच परिवारलाई कुखुरापालनका लागि चल्ला लगायत अन्य सामाग्री वितरण गरिएको थियो भने राप्तीसोनारी ७ कै ३ परिवार, नेपालगन्ज उपमहानगरका ३ परिवार, खजुराका ३ परिवार र जानकी गाउँपपालिकाका १ परिरवार गरेर १० परिवारलाई बाख्रा र बोका वितरण गरिएको क्लबले जनाएको छ ।

२०७७ श्रावण १३, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।