काठमाडौँ / कोरोना भाइरस संक्रमितको संख्या १९ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ३ सय ११ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका ३ सय ११ जनासहित देशभर संक्रमितको संख्या १९ हजार ६३ पुगेको जानकारी दिए । संक्रमितमध्ये १३ हजार ८ सय ७५ जना उपचारपछि घर फर्किएका छन् भने ४९ जनाले ज्यान गुमाएका छन् ।
कोरोना संक्रमणबाट बझाङमा एक जनाको मृत्यु भएको छ । बुङ्गल नगरपालिका वडा नं ३, का ६५ वर्षीय पुरुषको मृत्यु कोरोना संक्रमणको कारण भएको स्वास्थ्य कार्यालय बझाङले जनाएको छ ।