२३ बर्षिय नेपाली बिद्यार्थी अस्मिता खनालको निधन

|
अमेरिकाको टेक्सास राज्यको लुइसभिल तालमा डुबेर २३ बर्षिय नेपाली बिद्यार्थी अस्मिता खनालको निधन भएको छ । गत आईतबार जुलाई २६ का दिन खनाल डुंगाबाट खसेर उनको निधन भएको हो ।
टेक्ससकै बिश्व बिद्यालयमा अध्ययन गर्दै गरेकी खनाल उक्त तालमा डुबे पछि उनलाई गोताखोरहरुले घन्टौको खोजी पछि उनको शव फेला पारेका थिए । उनको शवलाई हाल टेक्ससकै टेरंट काउन्टी स्थित चिकित्सा शव जाँच केन्द्रमा राखिएको छ ।
खनालको सामाजिक संजाल (फेसबुक-मुहार पुस्तिका) मा आफु काठमाडौँ घर भएको उनले उल्लेख गरेकी छिन्। खनाल उक्त तालमा साथीहरुसंग गएकी थिइन् रश्रोतका अनुसार अन्य साथीहरुले सुरक्षाको लागि प्राण रक्षक वस्त्र (लाइफ ज्याकेट) लगाएका थिए भने उनले लगाएकी थिइनन् ।
साथीहरुका साथ तालमा बोटिङ गरिरहेको अवस्थामा उनी एक्कासी चिप्लिएर बोटबाट खसेकी थिइन् । लाइफ ज्याकेट फुकालेको बेला परेकाे र पौडी खेल्न पनि नजानेका कारण उनी तालमा डुबेको भनिएको छ ।
उनको निधन पछि उनको सहयोगको लागि गो फन्ड खोलिएको छ । उनको दाहसंस्कारको लागि ३० हजार डलर सङ्कलन गर्ने लक्ष्य राखिएको छ ।
स्थानीय फक्स४ न्युज डटकमका अनुसार डेन्टन काउन्टीका एक खेल रक्षक(वार्डन)ले ३ बजे भन्दा पहिले हराएको खबर पाएपछि खोजी सुरु भएको थियो भनि समाचार प्रकाशित गरेको छ ।

२०७७ श्रावण १३, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।