मेरो देश स्वदेश गित सार्वजनिक (भिडीयो सहित)

|

कलाकार शक्ति क्षेत्रीको देश भक्ति गीती एल्बम ”मेरो देश” को म्युजिक भिडियो बजारमा सर्वाजनिक भएको छ । नेपालको नयां नक्शा सहित “मेरो देश” नामक स्वदेश गित गत सात बजारमा सार्वजनिक भएको हो । भारतले अतिक्रमण गरेको नेपालको भुमि लिपूलेक र लिम्पीयाधुरा समेतलाई समेटेर जारी गरिएको नक्शा राखेर देशभक्ति गितमा स्वर/ अभिनय कमल खत्रीको रहेको छ ।

डेढ दशक देखी प्रवासमा रहेर पनि देशको माटो सम्झिदै केहि गरौ भन्ने हेतुले मेरो देश नामक स्वदेश गानको रचना गरेको बताउने शक्तिले गितमा संगित समेत आफैले दिएका छन । देशका विभिन्न ठाउँहरुको दृश्य कैद गरेको उक्त भिडियोमा नेपालको नयाँ नक्शा प्रयोग गरेको गायक खत्रीले ‘गीतको भिडियो छायांकन गर्न मात्रै दुई महिना लागेको बताए ।

सिम्पल खरेलको निर्देशनमा तयार भएको उक्त गीतको भिडियोमा कालिञ्चोक, मुस्ताङ, शिवापुरी, बसन्तपुर दरवार स्क्वायर, पाटन दरवर स्क्वायर, धौलागिरी बेस क्याम्प, डेविस फल,पर्वतको रकगाडेन, जनकपुर लगायता देशका विभिन्न सांस्कृतिक महत्व बोकेका र सुन्दर ठाउँहरु समावेश गरिएको छ ।
भिडियो कमल खत्रिको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो !

भिडीयो हेर्नुहोस :-

 

२०७७ श्रावण १३, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।