अमेरिका स्थित कोलोराडोमा भएको गोलिबारीमा दुईको मृत्यु

|
अमेरिकाको कोलोराडो राज्यको डेनभरमा भएको गोलिबारीमा दुई जनाको मृत्यु र दुई जना घाइते भएका छन्। कोलोरोडामा गत शनिबार जुलाई २५ का दिन भएको गोलीबारीमा ४ जनालाई गोली प्रहार गरिएको थियो ।
उक्त घटना उत्तरपूर्व डेनभरको पूर्व स्थित ३३ औ एभेन्यु तथा हुड्सन गल्लीमा भएको थियो । गत शनिबार राती १० बजे प्रहरीले पहिला सामाजिक संजालमा उक्त घटना बारेमा सूचना दिएका थिए ।
प्रहरीका अनुसार ३ जना पुरुष र १ जना महिलालाई गोली हानिएको बताए । उक्त घटनामा २ जनाको मृत्यु भएको घोषणा गरिएको छ भने एक जना अस्पताल र अर्को मानिस घटना स्थलमै रहेका थिए ।
एक पुरुष र एक महिला जसलाई गोली प्रहार गरिएको थियो उनीहरुलाई प्रहरीले अस्पताल नजिक फेला पारेका थिए । प्रहरीले हाल सम्म कुनै बिस्तृत जानकारी सावर्जनिक गरेका छैनन् भने संदिग्धको खोजी भईरहेको जनाएका छन्।
श्रोत : डेनभर च्यानल डटकम

२०७७ श्रावण १२, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।