बाँकेमा श्रीमतीको बञ्चरो प्रहारबाट श्रीमानको मृत्यु

|

नेपालगञ्ज /  बाँकेमा एक श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छन् । खजुरा गाउँपालिका वडा नं. ६ गिजरा बस्ने ६५ वर्षीय मिछिया थारुले ७५ वर्षीय श्रीमान् लक्षीराम थारुको हत्या गरेकी हुन् ।
घरायसी सामान्य विवादका कारण आइतवार दिउँसो सवा ३ बजे मिछियाले श्रीमानको हात, खुट्टा र टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेको बाँके प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास खडकाले जानकारी दिए ।
धारिलो हतियार प्रहारबाट लक्षीरामको घटनास्थलमै मृत्यु भएको छ । मिछियालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

२०७७ श्रावण ११, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।