नेपालमा थप १३० जनामा कोरोना संक्रमण

|

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १३० जनाको कोरोना भाइरस (कोभिड–१९) पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ ।

जसमध्ये सक्रिय संक्रमितको संख्या पाँच हजार ४४० रहेको छ । मन्त्रालयका अनुसार २४ घण्टामा ७५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल संख्या १३ हजार एक सय २८ पुगेको छ ।

अहिलेसम्म १७ हजार नौ सय ३ क्वारेन्टाइनमा छन् । संक्रमित शून्य भएका जिल्लाको संख्या ६ पुगेको छ । पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ, मुस्ताङ छन् । पाँच सय भन्दा बढी संक्रमित भएका जिल्लाको संख्या तीन रहेको छ । रौतहट, कैलाली र बाजुरामा बढी संक्रमित भेटिएका हुन् ।

२०७७ श्रावण ११, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।