गढवा । नेपाल अवधी संस्कृति संरक्षण प्रतिष्ठान केन्द्रिय कार्यालय गढवाको आयोजनामा बिविध कार्यक्रमका साथ गुडीया पर्व ५२३ औं तुलसी जयन्ती र पुस्तक बिमोचन कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष रामगोपाल यादवको अध्यक्षता र प्रदेश नम्बर ५ का सांसद तथा कृषि, वन तथा वातावरण समिति सभापति बिजय बहादुर यादवको प्रमुख आतिथ्य एवं गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको बिशिष्ट आतिथ्यमा भएको हो । कार्यक्रममा प्रमुख अतिथी सांसद यादवले देउखुरी अवधी भाषा संस्कृतिको उद्गम स्थल भएको बताउँदै अवधी भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण सम्वर्द्धन र उन्नयनका लागि अब नयाँ पुस्ताले चासो दिन जरुरी भएको बताए ।
कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवले सबै भाषा,संस्कृति र कलाको संरक्षणमा गाउँपालिकाले चासो दिएको बताउँदै अवधी भाषा संस्कृतिको संरक्षण तथा विकास गर्न सबै यदुबंशी समुदाय एकजुट भएर आपसमा मिलेर लाग्नुपर्ने बेला आएकोमा जोड दिए ।
कार्यक्रममा डुडुवा गाउँपालिका वडा नं.३ बाँकेका अध्यक्ष भण्डारीलाल यादव, सात्यिप्रेमी उमाकान्त पन्त, देउखुरी साहित्य मञ्च दाङका अध्यक्ष हरि पोखे्रल, अवधी साँस्कृतिक विकास परिषद् दाङका अध्यक्ष जगतराम यादव, नागरिक समाज गढवाका संयोजक शंकर पाण्डेय, चेतनशील महिला समाज केन्द्रकी अध्यक्ष सकुन्तला डिसी, नवस्वर्गद्धारी महिला सहकारी संस्थाकी अध्यक्ष रेखा थापा, यादव समाज सेवा संघका महासचिव मिन्तीराम यादव,पूर्व महासचिव रामशरण यादव, रेडक्रसका दिपककुमार यादव र अवधि पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष सुर्यलाल यादवलगायतले अवधि भाषा, संस्कृति र कलाको संरक्षण तथा उन्नयनका लागि नयाँ पुस्ता जाग्नुको विकल्प नरहेकोमा जोड दिएका थिए ।
सो अवसरमा रामगोपाल यादवद्वारा लिखित अवधि लोक भजन कृतन औ गित संग्रह श्रीरामकी चरणियामे को बिमोचन गरिएको थियो । बिमोचित कृतिको समिक्षा जनता माबि गढवाका प्रधानाध्यापक रामसुरत यादवले गरेका थिए । कार्यक्रममा अवधी भाष साहित्य, कला र संस्कृतिको क्षेत्रमा योगदान गरेको भन्दै जगतराम यादव, ललिता यादव र भगवती यादवलाई सम्मान गरिएको थियो । यसैबीच, पुस्तक प्रकाशनमा सहयोग गर्ने २० जनालाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रम रामयण वाचन तथा सावन कजहरीको रौनकताले भरिपुर्ण मनमोहक बनेको थियो ।
रामगोपाल यादवले यसअघि रिहार धाम औं यदुबंशी, अवधि संस्कार नामका पुस्तक र पुनमके चाँद नामक गिति एल्बम प्रकाशन गसिकेका र यो उनकोे चौथो कृति रहेको कार्यक्रममा जानकारी गराइएको थियो । यस बाहेक उनले गाइगोठैमा जस्ता नेपाली गित संगितमा पनि दख्खल राख्नुहुन्छ । यसअघि रामगोपाल यादव राप्ती साहित्य परिषद्, लेखक संघ दाङ, देउखुरी साहित्य मञ्च लगायत साहित्यिक संघसंस्थाहरुबाट सम्मानीत भै सकेका छन् ।
अवधि नमूना ग्रामका अध्यक्ष मोहनलाल यादवको स्वागत मन्तब्यबाट शूरु भएको कार्यक्रमको सहजीकरण प्रतिष्ठानकी सचिव रामकुमारी यादवले गरेकी थिईन् ।