यातायात कार्यालय भेरीका एक जना कर्मचारीमा कोरोना पुष्टी

|

नेपालगन्ज /  यातायात कार्यालय भेरी, नेपालगञ्जका एकजना कर्मचारीमा पनि कोरोना देखिएको छ । आन्तरिक राजश्व कार्यालय नेपालगन्जका अधिकृतलाई कोरोना संक्रमण देखिएको चर्चा चलिरहँदा यता पनि कोरोना संक्रमण भएकोउच्च जोखिम  बढेको छ ।  दुईदिन अघि संकलन गरिएको स्वाब परीक्षणको रिपोर्टअनुसार यातायात कार्यालयका एक जना महिला कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।

कार्यालयको सवारी शाखामा कार्यरत महिला हुनुहुन्छ । सेवाग्राहीको अध्यधिक चाप हुने यातायात व्यवस्था कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालयले तत्कालका लागि सबै काम बन्द गरेको छ । यद्यपी कार्यालय कति दिनसम्म बन्द गर्ने भन्नेबारे निर्णय भइनसकेको र त्यसका लागि जिल्ला प्रशासन कार्यालयसँग समन्वय भइरहेको कार्यालयका अधिकृत पुर्ण खत्रीले जानकारी दिनुभएको छ ।

ती महिला कर्मचारीसंग कति कर्मचारी र सेवाग्राही सम्पर्कमा रहेका थिए भन्ने यकीन छैन । प्रत्यक्ष सम्पर्कमा रहेका सेवाग्राहीहरु पनि कहाँ र कुन जिल्लाका थिए भन्ने जानकारी लिन कठीन हुने देखिएको छ । बाँकेमा लकडाउन खुलेपछि दैनिकजसो कोरोना संक्रमण देखा परिरहेको छ । पछिल्लो दिनमा भेटिएका संक्रमित क्वारेन्टिनमा नबसेका र समुदायमै संक्रमित देखिएका हुन ।

२०७७ श्रावण ११, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।