बाँकेका कवि मणि अर्याल (मणि रत्न)ले आधुनिक गीतको क्षेत्रमा तेस्रो सिर्जना बजारमा ल्याएका छन् । शुक्रबार ओएसआर डिजिटल युटुब च्यानल मार्फत आफनो सिर्जना हाँस्दाहाँस्दै बोलको आधुनिक गीत लन्च गरेका हुन् ।
मणि अर्याल (मणि रत्न)को शब्द / रचना रहेको छ सो गीतलाई संगित भने चर्चित संगितकार सन्तोष श्रेष्ठ दिएका छन् । चर्चित गायक प्रमोद खरेलको समधुर आवाज रहेको छ । सो म्युजिक भिडियोलाई राज केसीले निर्देशन गरेका छन् भने ऐरेन्जर सुदिप सागरले गरेका छन् । उक्त म्युजिक भिडियोमा नगमा श्रेष्ठ र दिनेश कठायतले जिवन्त अभिनय समेत गरेका छन् ।
मणि अर्याल (मणि रत्न)ले यसअघि मेरो सुन्दर संसार र घैलाभरी पानी बोलका आधुनिक गीत बाहिर ल्याई सकेका छन् । सन्तोष श्रेष्ठको संगीतमा गाइएको मणिरत्नको तेस्रो सिर्जना लन्च गरेको २ दिनमै ५१ हजार बढीले रुचाएको युटुब च्यानल ओएसएर डिजिटलमा हेर्न सकिन्छ । ‘विरहको गीत भएपनि यस गीतले जिबनको यथार्थ प्रेम भोगाई सम्बन्धि सन्देश दिन खोजेको कवि मणिरत्न बताउँछन् ।